सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा र बझाङ जिल्लाका केही भूभागमा भूकम्पको धक्का महसुस

छिनोफानो   बुधबार २८, बैशाख २०७९ ०२:१०

नेपालसँगै जोडिएको भारतीय सीमावर्ती धार्चुला केन्द्र बिन्दु भएर भूकम्प गएको छ । उक्त केन्द्र विन्दु नेपालको दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा पर्दछ । भूकम्पको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने संस्था युएसजिएसले दिएको जानकारी अनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा र बझाङ जिल्लाका केही भूभागमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु