धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इञ्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण

छिनोफानो   बुधबार २८, बैशाख २०७९ ०५:१८

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इञ्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण   गराइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाको देव्रेपट्टीको इन्जिन फेल भएपछि पुनः काठमाडौं सुरक्षित अवतरण गराइएको जानकारी दिए । धनगढीका लागि उडेको जहाजको ‘लेफ्ट इन्जिन’ फेल भएपछि  दिँउसो  १२:०८ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवरण गराइएको हो । सबै यात्रु सकुशल छन् ।’ जहाजमा ८० यात्रु रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु