जेठ १ गतेदेखि विद्यालयहरूमा हप्तामा दुई दिन बिदा हुने

छिनोफानो   बुधबार २८, बैशाख २०७९ ०५:२५

जेठ १ गतेदेखि विद्यालयहरूमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज (बुधबार) बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु