सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप : चार प्रहरीसहित ६ जना घाइते

छिनोफानो   बुधबार २८, बैशाख २०७९ ०५:४१

सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका-६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गए राति झड्प भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।

उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताए । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता पछि हटे । तर एमाले कार्यकर्ताले उल्टो प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे । जसका कारण चार प्रहरी सामान्य घाइते भएका छन्’ डीएसपी घर्तीले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु