डोटीमा बस दुर्घटना : ३० जना घाइते

छिनोफानो   बिहिबार २९, बैशाख २०७९ १२:३८

डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा करिब  ३० जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।’ उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु