धनगढीमा हावाहुरी सहित बर्षा

छिनोफानो   बिहिबार २९, बैशाख २०७९ ०१:२८

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वर्षा भईरहेको छ। धनगढीसहित प्रदेशका अन्य जिल्लामा पनि भारी वर्षा भइरहेको जानकारी आएको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि शुक्रबार  प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बर्षाले तथा हावाहुरीले अहिले सम्म कुनै क्षेती नगरेपनि भोली (शुक्रवार) हुने स्थानीय तहको चनावमा जिल्लाका पहाडी क्षेत्रका सडकहरु बिग्रिन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद प्रकास जोशीले बताएका छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु