उदयपुरमा मतदान केन्द्रमा झडप हुँदा एक जनाको मृत्यु

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ०८:१६

उदयपुरको कटारी नगरपालिका-१० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा एक जनाको ज्यान गएको छ भने एक बालक घाइते भएका छन् । झडप नियन्त्रणका क्रममा प्रहरीले आठ राउण्ड गोली चलाएको छ ।

कटारी-१० मतदानस्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनु परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिएका छन् ।

त्यहाँका स्वतन्त्र रुपमा वडाअध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा करिब २० वर्षीय प्रवीण कटुवालको गोली लागेर ज्यान गएको हो । स्थानीय छत्र कटुवालले प्रवीणको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

तर प्रहरीले भने मृत्युको अझै पुष्टि गरेको छैन । अर्का १० वर्षीय बालकको खुट्टामा गोली लागेको जनाइएको छ । घटनास्थल कटारी बजारबाट ३ घण्टा गाडीको दूरीमा रहेकाले थप विवरण आउन सकेको छैन । पानी परिरहेकाले सम्पर्क हुन नसकेको प्रहरी प्रमुख बोहोराले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु