स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको मत साढे ११ हजार पुगे

छिनोफानो   मङ्गलबार ०३, जेठ २०७९ ०३:५३

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको मत साढे ११ हजार पुगेको छ । ३० हजार ८४ मतपत्रको गणना गर्दा उनको मत संख्या साढे ११ हजार पुगेको हो ।
मंगलबार दिउँसो ३ बजेसम्म साहले ११ हजार ४७० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६,३९० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५,४९२ मत ल्याएका छन् ।

काठमाडौंमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो । काठमाडौंमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । काठमाडौं(१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु