कैलारी गाउँपालिकामा कांग्रेसका बागि उमेदवार विजयी

छिनोफानो   बिहिबार ०५, जेठ २०७९ ०९:२३

कैलालीको कैलारी गाउँपालिकामा कांग्रेसका उमेदवार विजयी भएका छन् । गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

उनले गठबन्धनका आधिकारिक उमेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन् । राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भगवतीकुमारी चौधरी विजयी भएकी छन् ।

उनले १० हजार ४८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन् । उमेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उमेदवारी कायम रहेको थियो । उनी रुख चिह्नबाटै चुनाव लडेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु