टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी

छिनोफानो   बिहिबार ०५, जेठ २०७९ ०९:२९

 स्थानीय तह निर्वाचन २०७९ को मतगणना अनुसार कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्  । थारु गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पछि पार्दै विजयी भएका हुन् । 

थारु ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्ष थिए । यस वर्षको चुनाव अघि नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर थारुले टीकापुरको मेयर जितेका हुन ।

टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार खडकबहादुर शाह विजयी भएका छन् । माओवादी केन्द्रले ०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यस पटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ ।

नौ वटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष वाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु