कैलालीमा दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिने बिष्ट र शाहीले मागे माफी

छिनोफानो   बिहिबार ०५, जेठ २०७९ ०५:३१

कैलालीमा दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिएका निवर्तमान वडा अध्यक्ष हरि बिष्ट र कैलाश शाही ले माफी मागेका छन् । एभिन्युज टेलिभिजनका सुदुरपश्चिम ब्युरो प्रमुख हरिश विक र कैलाली जिल्ला सम्वाददाता राजन जैगडीलाई आइतबार ज्यान मार्ने धम्की दिएका उनिहरुले जिल्ला प्रहरी कार्यालयमा पुगरे आफुहरुले माधक पदार्थ सेवन गरेर गल्ती गरेको उक्त गल्ती फेरि नदोहोर्याउने भन्दै माफि मागेका हुन् । 
नदिजन्य पदार्थको अवैध उत्खननको विषयमा समाचार संकलनका लागी जिल्लाको घोडाघोडी नगरपालिकामा पुगेको एभिन्युज टेलिभिजनको टिममाथि दुर्ववहार गर्दै निवर्तमान अध्यक्ष हरि विष्ट सहितको समुहले ज्यान मार्ने धम्की दिएका थिए ।  उक्त घटना प्रती नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति , नेपाल पत्रकार महासंघ कैलाली जिल्ला समिति, नेपाल प्रेश युनियन कैलाली , प्रेस चौतारी कैलालीले ध्यानाकर्षण  सहित कारबाही को माग गरेका थिए ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु