कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष , उपाध्यक्ष चौधरीले गरे पदभार ग्रहण

छिनोफानो   शुक्रबार ०६, जेठ २०७९ ०६:२०

कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गरेका छन् । अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरीले पदभार ग्रहण गरेका हुन् ।

वडा अध्यक्षहरुले भने आफ्नो वडामा समय मिलाएर पदभार ग्रहण गर्ने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । पदभार ग्रहण गर्नुभन्दा अगाडि गाउँपालिकाका अध्यक्ष चौधरीले उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । यसैगरी, निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले विजयी भएको प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु