लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:०३

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही र नेकपा ९एमाले० बाट चौधरी निर्वाचित भएका हुन् । मेयरमा शाही १२ हजार ७१३ मत पाइन् भने उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत पाए ।त्यस्तै, उपमेयरमा चौधरीले ११ हजार ७८ मत पाइन् भने प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० की जानकीकुमारी शाहीले आठ हजार ३०८ मत पाइन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु