कञ्चनपुरको अर्जुनी ब्यारेक नजिक जीपको ठक्करबाट दुई जनाको मृत्यु

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:१२

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको अर्जुनी ब्यारेक नजिक जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार म २ प ६८३३ नम्बरको मोटरसाइकललाई से १ च ४४८ नम्बरको जीपले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा बेदकोट- ५ धरमपुरका गणेश बम र १८ वर्षीय भुपेश बम छन् । उनीहरु दाजुभाइ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका-१३ का ३७ वर्षीय श्रीराम रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु