धनगढी उपमहानगरपालिकामा मतपरिणाम : हमालको अग्रता झन बढ्यो

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ११:५४

स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५१ हजार ६५ मत गणना गरिएको छ ।पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार ५४१ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले ११ हजार ५४४ मत ल्याएका छन् । नेकपा (एमाले) का उमेदवार रणबहादुर चन्द ६ हजार ४२४ मतसहित तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार कन्दकला राना १० हजार ८८० मतसहित अगाडि छिन् । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार शान्ति अधिकारीले १० हजार ७०२ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ६ हजार मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु