कैलालीमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु नेकपा (बहुमत) मा समाहित

छिनोफानो   शनिबार ०७, जेठ २०७९ १२:०४

कैलालीमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएका छन् । चुनवाको उपयोगबारे भएको विवाद सँगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो । विप्लव संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमतं) पुनर्गठन गरिएको थियो ।
बहुमतले देश भर अभियान संचालन गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनलाई उपयोग गर्नु संसदीय भाषमै जानु भएको भन्दै बहुमत चुनाव उपयोगको विपक्षमा उभिएको थियो । चुनाव उपयोगको नतिजा सोचे जस्तो नआएपछि विप्लव नेकपाले नयाँ कार्यनीति बनाउने बारे छलफल सुरु गरेकै बेला नेता कार्यकर्ताहरु बहुमत तिर ढल्किन थालेका छन् । चुनावमा सहभागीहरु भएका अधिकांश उम्मेदवारको धरौटी समेत बचेन ।


यसै बीच शुक्रबार कैलालीमा एक कार्यक्रमबीच विप्लव नेकपा सहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा बहुमतमा प्रवेश गरेका छन् । उनीहरुले अबको क्रान्तिकारी शक्ति भनेकै बास्तोला नेतृत्वको नेकपा भएकोले आफूहरु समाहित भएको बताएका छन् ।
विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० मा समाहित भएका छन् । चुनवाको उपयोगबारे भएको विवादसँगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो । विप्लव संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा ९बहुमत० पुनर्गठन गरिएको थियो ।बहुमतले देशभर अभियान संचालन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु