धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित पक्का

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ०५:३६

स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५६ हजार २ सय २६ मत गणना गरिएको छ ।पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २४ हजार ५२९ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले १२ हजार ७७१ मत ल्याएका छन् । नेकपा (एमाले) का उमेदवार रणबहादुर चन्द ७ हजार ३७६ मतसहित तेस्रो स्थानमा छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार कन्दकला राना १२ हजार ५९४ मतसहित अगाडि छिन् । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार शान्ति अधिकारीले ११ हजार ५८९ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ६ हजार ३११ मतसहित तेस्रो स्थानमा छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु