स्थानीय तह निर्वाचन : सुदूरपश्चिम प्रदेशमा कुन दलबाट कति निर्वाचित ?

छिनोफानो   सोमबार ०९, जेठ २०७९ १२:२९

स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली काँग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा नेकपा (एमाले) को अगुवाइ देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७, वडा सदस्यमा ६७५ गरी कूल एक हजार ६९८ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट प्रमुखमा आठ, अध्यक्षमा १७, उपप्रमुखमा आठ, उपाध्यक्षमा १४, वडाध्यक्षमा २३६, महिला सदस्यमा २३४, दलित महिला सदस्यमा २२६, वडा सदस्य ४५२ गरी कूल एक हजार १९५ उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा तीन, अध्यक्ष ११, उपप्रमुख चार, उपाध्यक्ष सात, वडाध्यक्ष १००, महिला सदस्य ८३, दलित महिला सदस्य ८९, वडा सदस्य १५७ गरी कूल ४५४ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट प्रमुख एक, अध्यक्ष एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाध्यक्ष २७, महिला सदस्य ३०, दलित महिला सदस्य २८, वडा सदस्य ५७ गरी कूल १४६ जना उम्मेदवार निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रमुख दुई, अध्यक्ष दुई, उपप्रमुख एक, उपाध्यक्ष दुई, वडाध्यक्ष १४, महिला सदस्य १९, दलित महिला सदस्य १८, वडा सदस्य ४१ गरी कूल ९९ जना उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष पाँच, महिला सदस्य चार, दलित महिला सदस्य चार, वडा सदस्य नौ गरी कूल २२ जना उम्मेदवार निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्ष दुई, महिला सदस्य तीन, दलित महिला सदस्य दुई, वडा सदस्य दुई गरी कूल नौजना उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेस (विपी)बाट वडाध्यक्ष दुई, महिला सदस्य एक, दलित महिला सदस्य दुई, वडा सदस्य दुई गरी कूल सातजना उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाल लोकतान्त्रिक पार्टीबाट दलित महिला सदस्य एक, वडा सदस्य एक गरी कूल दुईजना उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्रबाट अध्यक्ष एक, उपप्रमुख एक, वडाध्यक्ष २१, महिला सदस्य १२, दलित महिला सदस्य १२, वडा सदस्य २० गरी कूल ६७ जना उम्मेदवार निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशमा प्रमुख पदमा २९, अध्यक्ष ५४, उपप्रमुख २९, उपाध्यक्ष ५४, वडाध्यक्ष ७०९, महिला सदस्य ७०९, दलित महिला सदस्य ६९९, वडा सदस्य एक हजार ४१६ गरी कूल तीन हजार ६९९ जना उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु