सिरहामा निर्वाचितको विजय जुलुसमा हिंडेका एक बालकको ट्रयाक्टरबाट खसेर मृत्यु

छिनोफानो   मङ्गलबार १०, जेठ २०७९ १२:२२

सिरहामा निर्वाचितको विजय जुलुसमा हिंडेका एक बालकको ट्रयाक्टरबाट खसेर मृत्यु भएको छ ।
गोलबजार नगरपालिका(६ का नेकपा ९एमाले० बाट निर्वाचित वडा अध्यक्ष सञ्जीव लामाको विजयी जुलुसमा सहभागी स्थानीय विनोद सदायका छोरा ७ वर्षीय रिझनको प्र।२(००१(०१ त ०२७५ नम्बरको ट्रयाक्टरबाट लडेर मृत्यु भएको हो ।
रामकिसुन साहले तीव्र गतिमा ट्रयाक्टर चलाउँदा बालक खसेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । ट्रयाक्टर धनीसमेत रहेका साहले मदिरा खाएर ट्रयाक्टर चलाएको स्थानीयको आरोप छ । गम्भीर घाइते भएका बालकलाई उपचारको लाइफ लङ हेल्थ केयर प्रालिमा लगिएको थियो । त्यहाँ पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि ट्रयाक्टर चालक साह फरार भएका इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु