जनता संग वडा अध्यक्ष लगायतका लोक प्रिय निर्णय गर्दै अध्यक्ष शाही द्वारा पदभार ग्रहण

छिनोफानो   मङ्गलबार १०, जेठ २०७९ ०७:४२

 तुर्माखाँद गाउँपालिका वडा नं ०८ का नव निर्वाचित वडा अध्यक्ष निरक शाहीले पदभार ग्रहण गर्नु भएको छ। मंगलवार दिउँसो एक कार्यक्रकाबीच वडा कार्यालय धमालीमा पदभार ग्रहण गर्दै केही महत्वपूर्ण निर्णय समेत गर्नु भएको छ।
   उहाँले जनता संग वडा अध्यक्ष कार्यक्रम मार्फत जनताका हरेक समस्यामा प्रतक्ष जनता संग रहेर काम गर्ने बताउनु भएको छ। जनताले जुन आशा गरेर आफूलाई जिताए जनताको आशालाई कहिलै निराशामा परिणत हुन नदिने भन्दै , विद्यालयमा कक्षा दस सम्म विभिन्न नाममा लिहिने शुल्क पूर्ण रूपमा बन्द गरिने। सामाजिक सुरक्षाभत्ता मा जोडिन नसकेका नागरिक हरुलाई सामाजिक सुरक्षा भत्ताकाे व्यवस्था गर्ने। आफ्नो वडा बाट प्रतेक वर्ष दुई जनालाई छात्रवृत्ति कोटामा पढाइने। वडाका कुनै नागरिकको मृत्यु भएमा निःशुल्क सब वाहन गाडिको व्यवस्था गर्ने समेत बताउनु भएको छ। उहाँले वडा भित्रका सम्पूर्ण घरहरूमा तत्काल विद्युत पुर्याई सक्ने पनि बताउनु भएको छ।
   उहाँले समग्रमा आफ्नो कार्यकाल जनमुखि, पारदर्शी र सुशासन युक्त हुने बताउनु भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु