एमालेका अध्यक्ष ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

छिनोफानो   बिहिबार १२, जेठ २०७९ १२:२२

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज  (बिहीबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आज ११ बजेका लागि बोलाइएको संसद बैठकमा ओलीले सम्बोधन गर्ने एमाले सचेतक विशाल भट्टराइले जानकारी दिएका छन् ।ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने उनले बताए । एमालेले ९ महिनाअघिदेखि गरेको संसद अवरोध बिना शर्त खुला गरेको छ ।

यसअघि एमालेले संसदमा अवरोध गर्दै आएको थियो । स्थानीय निर्वाचनपछि बसेको बैठकमा एमालेले बिना शर्त खुलाएको थियो । संसदमा नीति तथा कार्यक्रमबारे छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु