काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा : स्वतन्त्र उम्मेद्वार बालेन साहको विजय निश्चित

छिनोफानो   बिहिबार १२, जेठ २०७९ १२:२६

काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार बालेनले अहिलेसम्म ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । यस्तै मेयरकै उम्मेद्वार नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।

चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु