गेटा मेडिकल कलेज नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै कैलालीका स्थानीय आन्दोलित

छिनोफानो   बिहिबार १२, जेठ २०७९ १२:४६

कैलालीको प्रस्तावित गेटा मेडिकल कलेज लामो समयदेखि अनिर्णीत राखिएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नसमेटिएको भन्दै कैलालीका स्थानीय आन्दोलित भएका छन् । सरकारप्रति आक्रोशित बनेका स्थानीयले गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित सङ्घर्ष समिति लगायत बिभिन्न संघ सँस्था संग आबद्ध नागरिकहरु दबाब कार्यक्रमकाको थालनी गरेका छन् । आधारभूत संरचना लगभग तयारी अवस्थामा रहे पनि त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुनै योजना सरकारले नल्याएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।
सरकारले यथा शिघ्र सञ्चालन गर्न प्रक्रिया अगाढी बढाउनु पर्ने उनिहरुको माग रहेको छ । आज (बिहिवार) धनगढी को मुख्यसडकमा दबाब स्वरुप हस्ताक्षर संकलन गरिएको छ ।    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु