कैलालीको गेटा मेडिकल कलेज संचालनको माग गर्दै ज्ञापनपत्र

छिनोफानो   बिहिबार १२, जेठ २०७९ ०४:२३

कैलालीको गेटा मेडिकल कलेज संचालनको माग गर्दै सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री ,धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल तथा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाईएको छ । गेटा मेडिकल संचालनार्थ संघर्ष समिती अत्तरियाले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु