खानेपानीको ट्यांकि परिक्षणमै चुहिएपछि स्थानीय आक्रोशित

छिनोफानो   बिहिबार १२, जेठ २०७९ ०५:२३

आर्थिक वर्ष २०७३/७४ मानिर्माण सूरु गरिएको समैजी खानेपानीको ट्यांकि परिक्षणमै चुहिएपछि स्थानीय आक्रोशित बनेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ हरिनगरमा रहेको समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समिती अन्तर्गतको उक्त ट्यांकिनिर्माण सकिएको ४वर्षपछि परिक्षण गर्दा चुहिने भेटिएको हो । 
केन्द्रिय सरकारको ५ करोड १० लाख कुललागत रहने उक्त खानेपानीआयोजना पछिल्लो ६ वर्ष देखी निर्माणाधिन अवस्थामा छ । सो आयोजनाको भौतिक संरचना निर्माणको कार्य अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ट्यांकि निर्माण गरी सम्पन्न गरिएको थियो । तर निर्माण सकिएको करिब ४ वर्ष सम्म पनि परिक्षण नगरिँदाअन्तिम चरणमा ट्यांकि चुहिन थालेको स्थानीयले बताएका छन् । हरि नगर वासीलाई परेको शुद्ध खानेपानीको अभावको समस्या समाधानका लागी लामो प्रयासपछि खाने पानीआयोजना निर्माण गरिएको भएपनि सम्बन्धित निकायको कमजोरी का कारण ट्यांकि निर्माण भएको ५ वर्ष सम्म पनि पानी खान नपाएको स्थानीयतथा समैजी खानेपानी तथा सरफाई उपभोक्ता समितीका सचिव टेक बहादुर सारु मगरले बताएका छन् ।
सुरुवाती चरणमै त्रृटि भेटिएको उक्त खानेपानी ट्यांकि हाल पुननिर्माणको चरणमा भएता पनि त्यसले दिगो रुपमा सेवा दिने कुरामाअन्यौलता रहेको स्थानीय टेक बहादुर देउवाले बताएका छन् । निर्माणमा प्रयोग भएका सामाग्रीको अवस्थाको विषयमाअनुगमननगरी हचुवाको भरमा काम सक्ने दाउमा काम निमयन बिना कामगर्दाको परिणाम आज भोग्नुपरेको उनको तर्क रहेको छ । 
त्यस्तै उक्त समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शेर बहादुर बोगटीले ट्यांकि चुहिएको कुरा स्विकार गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका छन् । चुहिएको ट्यांकिको पुननिर्माण पछिको अवस्थाका विषयमा आफै अन्यौल रहेको बोगटीले आउँदो १ वर्षभित्रमा १०० धारा जडान गरी सेवा सञ्चाल नगर्ने समेत बताएका छन् । 
बाईट शेर बहादुर बोगटी अध्यक्ष समैजी खानेपानीतथा सरसफाई उपभोक्ता समिती
उक्त आयोजनाको इलेक्ट्रो मेकानिकल काम सम्पन्न गरी पानी चढाएर हेर्दा ट्यांकिमा केहि लिकेज फेला परेको स्विकार गर्दै खानेपानीतथा सरसफाई डिभिजन कार्यालय कैलालीका ईन्जिनियर महिम बोहोरा ले समस्या समाधानका लागी काम सूरु भईसकेको र केहिदिनमै पुर्ण रुपमा समस्याहलहुने बताएका छन् । 
 यता कार्यालयका सुचना अधिकारी हंश राज थापाले भने पानीचुहिएको विषयमाआफूलाई ठ्याक्कै थाहा नभएको बताउँदै यदी त्यस्तो भएको भएपनि तत्कालै समाधानका लागी पहल गर्ने बताएका छन् । सरकारको अस्पष्ट नीतिका कारण प्रत्येक वर्ष आयोजना थुपारेको थुपारै गर्ने तर वार्षीक रुपमा विनियोजन गरिने बजेट घटाएर दिने हुँदा जिल्ला भरीमै खानेपानी आयोजनाको काम सूस्त रहेको उनले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु