भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा घाइते

छिनोफानो   शुक्रबार १३, जेठ २०७९ ०७:२७

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ। 

मेयर दाहालको टाउकोमा सामान्य चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु