दाङमा गोली लागेर एक जनाको मृत्यु

छिनोफानो   शनिबार १४, जेठ २०७९ ११:३३

दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका लमही नगरपालिका(१ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले आठ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु