जहाजको खोजी कार्य जारी छ : तारा एयरलाइन्स

छिनोफानो   आइतबार १५, जेठ २०७९ ०४:०३

जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका कारण एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको हो ।

विज्ञप्तिअनुसार मौसमका कारण सम्पर्क हुन नसकेपछि हेलिकोप्टरहरू फर्किएका छन् । मौसम खुलेपछि हेलिकोप्टरहरू पुनः परिचालन गरिने जनाएको छ ।

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ । साढे चार घण्टादेखि जहाज सम्पर्कमा आएको छैन । जहाजको खोजी जारी रहेको तारा एयरलाइन्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु