तारा एयरको विमान दुर्घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित २० जनाको टोली उदार गर्दै

छिनोफानो   सोमबार १६, जेठ २०७९ १२:१८

तारा एयरको विमान दुर्घटनास्थलमा प्रहरीको थप २० जनाको टोली पुगेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित २० जनाको टोली पैदलबाट हिंडेर घटनास्थल पुगेको हो ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा र नेपाल प्रहरी नायव निरीक्षकको कमाण्डमा उद्धार टोली त्यहाँ पुगेको हो । अहिले शव संकलन गरिरहेको घटनास्थलमै रहेका बाग्लुङका युवा विशाल मगरले जानकारी दिएका छन् । ‘स्थानीय पनि १२/१३ जना जम्मा भइसकेका छन् । अहिले हिँड्दै प्रहरीको टोली पनि आइपुग्यो। हेलिकप्टर आउन सक्ने अवस्था छैन । बाक्लो कुहिरो लागेको छ, यहाँ शव संकलन भइरहेको छ’, विशालले भने ।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको नाइन एन एटीई जहाज सोमबार बिहान दुर्घटनाग्रस्त भेटिएको थियो । जहाजलाई यार्सा टिप्न गएको टोलीले फेला पारेको थियो । उनीहरुले घटनास्थलमा पुगेर तस्बिरसहित पठाएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको हो ।
शुरुमा ३ जना सेनाको टोली हेलिकोप्टरबाट त्यहाँ पुगेको थियो । त्यसपछि ४ जना शेर्पाहरुको उद्धार टोली त्यहाँ पुगेर उद्धार थाल्यो ।

अहिले शव एकै ठाउँमा जम्मा पार्ने काम भइरहेको मगरले बताएका छन् । भिरालो स्थान भएकाले शव संकलनमा पनि कठिनाइ भइरहेको छ । दुर्घटना भएको विमानमा १३ नेपाली, ४ भारतीय र २ जना जर्मन नागरिक सवार थिए । जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा उडाइएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु