कैलालीमा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला

छिनोफानो   मङ्गलबार १७, जेठ २०७९ १२:००

गोदावरीको हरैयामा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । हरैया बस्ने ६५ वर्षीय हेम बहादुर एर र श्रीमती ५५ वर्षीय पदमा एर मृत फेला परेका हुन् । श्रीमान घर बाहिर झुण्डीएको अवस्थामा र श्रीमती घर भित्र ओछ्यानमा घाँटी रेटीएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । श्रीमतीको हत्यापछी श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनी घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु