जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

छिनोफानो   बुधबार १८, जेठ २०७९ ११:३१

 चितवनको भरतपुर महानगरपालिका-११ मा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले आक्रमण गर्दा मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले साँझ ५ः३० बजे आक्रमण गरेको थियो । कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु