गर्मीका कारण भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने

छिनोफानो   मङ्गलबार २४, जेठ २०७९ ०१:२०

अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निणर्य गरिएको बताए । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाको प्रमुख, उपप्रमुखको सचिवालयलाई विद्यालय बन्दको जानकारी गराएको छ । कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ । तातो हावा चल्दा घर बाहिर हिँड्डुल गर्न समस्या हुन थालेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु