मल बिउँको माग गर्दै कैलालीमा विरोध प्रदर्शन

छिनोफानो   बुधबार २५, जेठ २०७९ ०६:५१

मलबिउँमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टिकापुरमा विरोध प्रदर्शन भएको हो ।रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो ।जिल्ला प्रशासन कार्यालय कैलाली धनगढीमा सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए ।कोणसभालाई सम्बोधन गर्दै उनले वर्षे खेति गर्न मल अभाव भएको र बजारमा गुणस्तरहीन मल महंगो मुल्यमा बेचेर मलको कालोबजारी भइरहेको बताउँदै मलमा भइरहेको कालोबजारी नियन्त्रण गर्दै अविलम्ब मल व्यवस्थापन गर्न समेत माग गरे। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा गरिएको मुल्यवृद्धिले जनजीवन कष्टकर भइरहेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे। सरकारले मुल्यवृद्धि र कालोबजारी नियन्त्रण नगरे आफ्नो पार्टी संघर्षमा उत्रने उनको भनाई थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु