डडेल्धुरामा हायस दुर्घटना: ९ जना घाइते, एकको अवस्था गम्भीर

छिनोफानो   बुधबार २५, जेठ २०७९ ०६:५७

धनगढीबाट डोटी गइरहेको हायस डडेल्धुरामा दुर्घटना भएको छ। बुधबार धनगढीदेखि डोटी गइरहेको हायस केआइ सिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सुपप्र ०१००१ख ३१०९ नम्बरको उक्त हायस दुर्घटनामा परि ९ जना घाइते भएका छन्। घाइते ८ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र एक जनाको टाउकोमा गम्भीर चोट लागेका कारण धनगढी रेफर गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० देवेन्द्र पालले बताए। तीमध्ये गम्भीर घाइते भएकी कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ ।

ब्रेक फेल भइ अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ। हाइसमा १९ जना सवार उक्त हाइसको ब्रेक फेल भएर नरोकिएपछि हाइसमा सवार ९ जना यात्रुले हाम फालेका हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु