नेकपा बहुमत को सेती महाकाली ब्युरो राजनीतिक तथा बैचारीक प्रशिक्षण कार्यक्रम सम्पन्न

छिनोफानो   बुधबार २५, जेठ २०७९ ०७:३३

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सेती महाकाली ब्युरो राजनीतिक तथा बैचारीक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको गोदावरी नगरपालिकाको अत्तरिया स्थित नमस्ते होटलको सभा हलमा कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा नेकपा बहुमतका सयोजक धर्मेन्द्र बास्तोला (कञ्चन ) , प्रवत्ता हेमन्त प्रकाश ओली (सुदर्शन) कार्यालय सचिव गुणराज लेहानी ,केन्द्रिय सदस्य दिपक चलाउनेको उपस्थिती उपस्थिती रहेको थियो । 


कार्यक्रमा लाई सम्बोधन गर्दै पार्टी सयोजक कञ्चन ले पार्टीको निती तथा कार्य दिशा लाई सहि मार्गतिर लैजान बहुमत को जन्म भएको बताएका छन् । पूँजीवाद हाल दलाल पूँजीवादमा रूपान्तरित भएको छ उनले भने , दलाल राज्य सत्ताले आज व्यापारी,व्यवसायी कथित जनप्रतिनिधि लगायत विभिन्न संघ,संस्थाहरू लाई समेत दलाल बनाउन सफल भएको छ , उनले थपे दलाल राज्य सत्ताले आज व्यापारी,व्यवसायी कथित जनप्रतिनिधि लगायत विभिन्न संघ,संस्थाहरू लाई समेत दलाल बनाउन सफल भएको छ। यो दलाल पूँजीवादले आज सम्पूर्ण उपभोक्ता,निम्न वर्ग,किसान र मध्यम वर्ग लाई शोषण गरिरहेको छ यसको बिरुद्ध पार्टीले स्पष्ट बिनाएर अगाडी बढ्ने बतोनु चएको छ ।

साथै पार्टी प्रवक्ता सुदर्शन ले राज्यले आजका मितिसम्म किसानहरूलाई सम्मान गर्न नसकेको बताएका छन् । उनले भने  राज्य उल्टै उत्पिडन र उपेक्षाका साथ मौलिक अधिकार कुण्ठित गर्दै आएको छ । मानव जीवन रक्षाका निमित्त आवश्यक खाद्यान्न उत्पादन क्षेत्र कृषि हो,तर यहा कृषि पेशामा आवश्यक कृषि सामग्रीहरू लाई सरल,सहज सहुलियत र अनुदानित बनाउनुको सट्टा अभाव,कालोबजारी र महँगी गराईएको छ । यसको अन्त्य लागि सबै पार्टीले जुनसुकै कदम भाल्नु परे कनि पछि नहट्ने बताएका छन् । 
कार्यक्रममा प्रदेश भरि का नेता तथा कार्यकर्ता को उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु