महिलाको बलात्कारपछि हत्या गरी जलाएर फरार रहेका भोजराज खडायत पक्राउ

छिनोफानो   शनिबार २८, जेठ २०७९ ०३:०८

महिलाको बलात्कारपछि हत्या गरी जलाएर फरार रहेका प्रतिवादी दार्चुलाबाट पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले पक्राउ गरेको छ ।

घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरेको हो । भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेर करणी गरेको जनाइएको छ । यसअघि नै घटनामा बलात्कारको आशंका भएको थियो । महिलाको शैल्यशिखर नगरपालिका-१ बारिलमा अनिभामाथि ढुङ्गा प्रहार गरी हत्या भएको थियो । उनको हत्या लुकाउन आरोपीहरुले कुन्यूमा आगो लगाएका थिए ।

घटनामा पक्राउ परेका भोजबहादुर खडायत बुधबार विहान ३ बजे अनिभा खडायतको घरमै पुगेर बोलाएका थिए । भोजबहादुरले बोलाउँदा अरु दुई जना पुरुषहरु पनि रहेको र आमा बाहिर गएको १६ वर्षीया छोरी गौमती खडायतले प्रहरीसँगको बयानमा भनेको खुलेको छ । आमा निकै बेरसम्म नफर्किएपछि उनले मोबाइलमा फोन गर्दा अफ थियो । भोजबहादुरले गौमतीलाई पनि डाकेका थिए । उनले आमाबारे सोध्दा भोजबहादुरले गौमतीको हात समातेर तान्न थालेपछि फुत्किएर भागेकी थिइन् ।

गौमती चिच्याउँदै छिमेकीको घरतर्फ लागेपछि रणवीरको परिवार उठेर बाहिर निस्किएको थियो । साँढे ४ बजेको उक्त घटनापछि खोजीका क्रममा आगो बलिरहेको भेटियो । त्यहाँ अनिभा जलिरहेको भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु