आज सुदूरपश्चि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै

छिनोफानो   बुधबार ०१, असार २०७९ ०२:५१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउने भएको छ । दिउँसो साढे ४ बजेका लागि बोलाइएको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्नेछन् ।  

आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरिने बजेट गतवर्षको भन्दा करिब २०–२५ प्रतिशत बढी हुनेछ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो । संघीय सरकारबाट प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढेर आएपछि बजेटको आकार बढेर आउन लागेको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।  

करिब ३६ अर्बदेखि ३७ अर्ब आकारको बजेट आउने सचिव बस्नेतको भनाइ छ । यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हो । प्रदेश सरकारले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजेटमा उत्पादकत्व वृद्धि गर्न कृषि, उद्योग, पर्यटनलाई जोड दिनुका साथै पूर्वाधार विकासका योजना र सामाजिक विकास मुख्य प्राथामिकतामा रहनेछन् । प्राकृतिक प्रकोपको क्षति र सम्भावनालाई पनि मध्यनजर गर्दै बजेट तयार पारिएको बस्नेतको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु