वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड ७० लाख बजेट विनियोजन

छिनोफानो   बुधबार ०१, असार २०७९ ०६:११

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९ ०८० को बजेटमा वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड ७० लाख बजेट विनियोजन गरिएको छ । बुधबार प्रदेश सरकारको बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मन्त्री प्रकाश बहादुर रावलले आगामी वर्षको बजेटमा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरिएको बताएका छन् । 

नेपाल सरकारको सशर्त अनुदानमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उक्त हुलाकी बाईपास सडकको विकासमा बजेट विनियोजन गरेको हो । त्यस्तै तराई मधेश सडक पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाका हुलाकी सडकदेखी पुर्वपश्चिम राजमार्ग जोड्ने कुलुवापुर बेलौरी, सुखड भजनी, जोशिपुर बौनिया लगाएतका सडक निर्माण गर्न ११ करोड ४५ लाख बजेट विनियोजन गरिएको आर्थिक मन्त्री रावलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु