बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन गर्ने सहमति

छिनोफानो   बिहिबार ०२, असार २०७९ ०६:३८

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनस् स्थानीय तह को  निर्वाचन गर्ने सहमति भएको छ । विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका संगै  निर्वाचन गर्ने सहमति भएको हो ।नेपाली कांग्रेस र नेकपा एमाले दुबै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले वैशाख ३० गते भएको निर्वाचनमा पालिकाभरिकै निर्वाचन बदर गरेको थियो ।
दुईटा बुथमा कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो भने चारवटामा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो ।
निर्वाचन आयोगले उक्त विषयमा स्थलगत अध्ययन गरेको थियो। अध्ययनपछि फेरि चुनाव गर्ने निर्णय लिएको थियो । नेपाली कांग्रेसबाट रंग खाती मेयर र रिता शाही उपमेयर छन् भने एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन्।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु