नेकपा (बहुमत) कैलालीले बुझायो जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

छिनोफानो   बिहिबार ०२, असार २०७९ ०७:२७

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलाली ले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा  लाई ज्ञापन पत्र बुझाएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कैलाली का प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत ज्ञापन पत्र बुझाएको हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कैलाली जिल्ला सयोजक प्रकास रावल (अनमोल) र जिल्ला इन्चार्ज शेर बहादुर देउवा (शिखर) को हस्ताक्षेर रहेको उत्त पत्रमा गठबन्धन सरकारको गठन भएको पछिल्लो सात महिनामा पेट्रोलियम पदार्थको ११ पटक भएको मुल्य बृद्धिका  कारण ढुवानी तथा यातायात लगायतको भाडा वृद्धि भएको, सम्पूर्ण उपभोग्य वस्तुहरूमा जनताको ढाड भाचिने गरी मूल्य वृद्धि प्रतिको सम्वेदनशिलता लाई ध्यानमा राखी तत्काल मूल्य समायोजन सम्बन्धी आवश्यक कदम चालीनु पर्ने जस्ता  माग राखिएका छन् ।
यस्तो छ ज्ञापनपत्र


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु