आज प्रतिनिधिसभाको बैठक बस्दै

छिनोफानो   शुक्रबार ०३, असार २०७९ ११:२४

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
सचिवालले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र ‘बीमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने छन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९पहिलो संशोधन० विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० विधेयक, २०७९, लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु