नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगर्त खहरे खोलामा चिप्लिएर बस बसका सहचालक बेपत्ता

छिनोफानो   आइतबार ०५, असार २०७९ ११:०४

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगर्त खहरे खोलामा काठमाण्डौ देखी धनगढी आउदै गरेको बस बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५को खहरेखोलामा ना ६ख ७४६३ नंको बसका सहचालक आईतबार बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु