कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

छिनोफानो   आइतबार ०५, असार २०७९ ११:१६

कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टङ्क सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटमा जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। नदी किनारमा तटबन्धका लागि ढुङ्गा सङ्कलन गरिरहेका तीन जना महिलामध्ये दुई महिला भागेका र सोडारीलाई भने हात्तीले लछारपछार गरी खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु