संसदीय समितिमा गएनन् प्रधानमन्त्री

छिनोफानो   आइतबार ०५, असार २०७९ ११:२२

प्रतिनिधिसभाको अन्तर्गतको अन्तर्राष्ट्रिय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नआउने भएका छन् ।
समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो ।

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री नआउने जानकारी आएको हो । प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु