महोत्तरी कारागारमा एक कैदीको मृत्यु

छिनोफानो   शुक्रबार १०, असार २०७९ १२:४३

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज (शुक्रबार) बिहान एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका-१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु