आज राष्ट्रिय सभाको बैठक बस्दै

छिनोफानो   शुक्रबार १०, असार २०७९ १२:५३

राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक, २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्नेछन् ।

स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु