कैलालीमा चर्को मुल्यबृद्धि बिरुद्ध नेकपा (बहुमत)को विरोध प्रर्दशन

छिनोफानो   शुक्रबार १०, असार २०७९ ०७:५६

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)  जिल्ला समिति कैलालीले पेट्रोलियम पर्दाथ तथा खाध पर्दाथमा भएको मुल्य बृद्धिबिरुद्ध चर्को विरोध प्रर्दशन गरेको छ ।
पार्टीले विविध माग राखी जिल्लाको सुखड बजारमा नारा जुलुस गर्दै विरोध प्रर्दशन गरेका हुन्  । पेट्रोलियम पर्दाथ,खाध पर्दाथको चर्को मुल्य वृद्धी र भाडा वृद्धी नियन्त्रण गर्नुपर्ने,किसानलाई बिउ,मल समयमै उपलब्ध गराउनुपर्ने,भ्रष्टाचारी,कालोबजारी,तस्करलाई कार्वार्हि गर्नुपर्ने  माग रहेको नेकपा बहुमतका जिल्ला सयोजक प्रकास रावल (अनमोल) ले बताएका छन्  ।


एमसीसी,एसपीपी लगाएतका राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने,तीन बुँदे सहमती लागु गरी सम्पुर्ण राजबन्दीलाई रिहाई गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।
विरोध कार्यक्रममा प्रर्दशनकारीहरुले बढ्दो महंगी नियन्त्रण गर,किसानलाई मल बिउको व्यवस्था गर,कालोबजारी नियन्त्रण गर,वैदेशिक हस्पक्षेप बन्द गर संसदीय व्यवस्था मुर्दावाद१ दलाल भ्रष्टहरू होसियार१नव संशोधनवाद मुर्दावाद लगायतका नारा पति प्रदशन गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु