टीभीएस बिक्रता जगदम्वा मोटर्सको आरटीआर १६० फोर भीको एफआई बिएसभी धनगढीमा सार्वजनिक

छिनोफानो   सोमबार १३, असार २०७९ ०७:२३

जगदम्वा मोटर्सले एिक कार्यक्रमको आयोजना गरी ग्राहकहरुका विच औपचारी समारोह मार्फत बोगेश्वरी अटोमोटिभ्स धनगढीले बिएस भीआई मोडलको नयाँ टीभीएस आरटीआर १६० फोर भीको एफआई बिएस भी आई सार्वजनिक गरेको छ ।

टीभीएसले बजारमा ल्याएको नयाँ टीभीएस आरटीआर १६० फोर भीको एफआई बिएस भी आइमा ३राइड मोडहरु रेन, अर्बन र स्पोर्ट जस्ता उत्कृष्ट mिचर राखिएका छन् । जसले सवारी लाई परिस्थितीमा अनुकुल बनाउँन सजिलो हुन्छ ।
यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55Ps\ @ 9250rpm र अर्बन र रेन मोडमा 15.64Ps\ @8600rpm पावर उत्पादन गर्दछ ।

त्यस्तै, यसले स्पोर्ट्स मोडमा14.73Nm @ 7250rpm र अर्बन र रेन मोडमा14.14Nm @ 7250f\ rpm टर्क उत्पादन गर्दछ । राइड मोडहरूले पावर र ABs सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् ।

मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन(RTFI) प्रविधिको BS-VI अनुरूप इन्जिन रहेको छ जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ । यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ ।

यसमा SmartXConnect जस्ता प्रविधिहरू पनि छन् जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउँछ र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्नसकिन्छ । थप फिचर अन्तर्गत, मोटरसाइकलमा एग्रेसिभ DRL हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर,ABs जस्ता अन्य धेरै फिचरहरु छन् ।

मोटरसाइकल सार्वजनिक गरेपछि कम्पनीका क्षेत्रीय विक्री अधिकृत बिक्रम बोहराले Apache RTr\ 160f\ 4v\ RTFI ljy BS-VI बारेमा निकै समय देखि ग्राहकहरुले माग गरिरहेको बताए । उनले अहिले सम्म यस वर्गमै नभएको फिचर भएकोले अन्य मोटरसाइकल भन्दा उत्कृष्ट यो मोटरसाइकलले अवस्य पनि टिभिएसको बिक्रि बढाउने छ ।
जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७ं डिलर र २००ं सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVs ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको उनले जानकारी दिए । बोहराले टीभीएस आरटीआर १६० फोर भीको एफआई बिएस भी आइको बजार मुल्य ३ लाख ६७ हजार ९ सय रहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु