जसपा विवाद : बाबुरामसहित चार नेतालाई स्पष्टिकरण सोध्ने, सबै मन्त्रीलाई फिर्ता बोलाउने

छिनोफानो   मङ्गलबार १४, असार २०७९ ०४:४६

 जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादले झनै चर्को रुप लिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेतालाई स्पष्टीकरण सोध्ने र अहिलेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकले डा. भट्टराईसहित कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठलगायतले पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण माग्ने निर्णय गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । उनीहरुलाई के कारबाही गर्ने भन्ने अधिकार बैठकले अध्यक्ष यादवलाई दिएको पनि उनले जानकारी दिए । बैठकमा पार्टीका ३२ मध्ये १९ जना कार्यकारिणी सदस्य सहभागी भएको ती नेताको दाबी छ ।

केही दिन अघि जसपाका १४ जना सांसदको बेग्लै बैठक बसेको थियो । जसमा अध्यक्ष यादवलाई हटाउनेबारेमा पनि कुरा भएको थियो । त्यसपछि अध्यक्ष यादव पक्षको बेग्लै बैठक बसेको हो । बैठकमा केन्द्रीय कार्यसमिति बैठक असार मसान्तमा बोलाउने निर्णय गरेको पनि ती नेताले जानकारी दिए । संघीय परिषदका अध्यक्षसहित चारजनालाई स्पष्टिकरण सोध्ने र मन्त्री फिर्ता बोलाउने निर्णयले जसपाभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षबीच झनै सम्बन्ध झनै विग्रिएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु