चट्याङ लागेर दुई जना किसानको मृत्यु

छिनोफानो   मङ्गलबार १४, असार २०७९ ०४:४९

कञ्चनपुरमा आज (मंगलबार) बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका-८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी लालबहादुर बमका अनुसार दुवै जना किसानको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर ज्यान गएको हो । चट्याङ लागेर थापा र श्रेष्ठको मृत्युले घर परिवार तथा छर छिमेक शोकमा परेका छन् ।

यस्तै चट्याङ लागेर पशुचौपायातर्फ समेत क्षति भएको छ । चट्याङ लागेर भाँसीमा एक हल गोरु र लालपुरमा केही बङगुर मरेको बमले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु